News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक

काठमाडौं— सरकारले १ असारदेखि सडक खन्न रोक लगाएको छ । १ असारदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाइएको सडक विभागले एक सूचना प्रकाशित गरी जानकारी गराएको छ ।

वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोन आदि प्रयोजनका लागि सडक खन्दा तत्काल मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिँदै जाने भएकाले सडक खन्न रोक लगाइएको विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

Prabhu Bank

१ असारदेखि भदौ मसान्तसम्मको अवधिमा संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं र सडक डीभिजनहरू मातहतका कुनै पनि सडक खन्ने स्वीकृति नदिइने विभागले जनाएको छ ।

सडक खनेको पाइएमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

road1686197092.jpg

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०९:४८
sagarmatha cementsagarmatha cement
Weather Update