News Griha :: न्यूजगृह
आजको फलफूल तथा तरकारीको मूल्यसूची

काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज बिहीबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

नेपाली ठूलो गोलभेँडा भारतीय प्रतिकेजी न्यूनतम ४० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १० रुपैयाँ, मुडेको रातो आलु ४० रुपैयाँ, सेतो आलु ३६ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १६० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ६०, लोकल घिउ सिमी लोकल ६०, भटमासकोशा १६०, मटरकोशा १६०, तिते करेला ४०, लौका ६०, परवल लोकल ६०, पाकेको फर्सी ५०, डल्लो फर्सी हरियो ४०, घिरौंला ६०, भिण्डी ७०, सलगम ७०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३३०, कुरीलो २८०, ब्रोकाउली ८०, तोफु ११०, लोकल काँक्रो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।

चमसुरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ३० हरियो लसुन ७०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ ३२० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, तरबुजा हरियो ४०, दसहरी आँप १००, मौसम १८०, अनार ३८०, केरा दर्जनको १४०, फूजी स्याउ २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८०  ०८:५४
Weather Update