कस्तो रहला बिहीबार मौसम ?

काठमाडौं— जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।
बिहीबार कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको पूर्वानुमान महाशाखाले बताएको छ ।
कोशीलगायत बाग्मती, लुम्बिनी, गण्डकी प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षा भइरहेको छ ।
दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, गण्डकी तथा कर्णाली प्रदेशका पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २५, २०८० ०६:२३