बंगलादेशमा दशकौं यताकै गर्मी

ढाका— बंगलादेशले आधा शताब्दी यताकै सबैभन्दा लामो गर्मीका कारण हजारौँ विद्यालय बन्द गरेको छ ।
राजधानी ढाकाको तापक्रम ४० डिग्री सेल्सियस (१०४ डिग्री फरेनहाइट) को हाराहारीमा पुगेको छ ।
‘सन् १९७१ मा बंगलादेश स्वतन्त्र भएयता हामीले यति लामो समयसम्म गर्मी कहिल्यै देखेका थिएनौं,’ बंगलादेशको मौसम विभागका वरिष्ठ अधिकारी बज्लुर रसिदले भने ।
सरकारले दशौं हजार विद्यालयहरू बन्द गरिदिएको छ र एअर कन्डिसनर र पङ्खाहरूको माग बढेपछि बिजुलीमा भारी कटौती गरिएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० २१:००