News Griha :: न्यूजगृह
रुसको नियन्त्रणमा रहेको बाँध भत्किएपछि हजारौं युक्रेनी विस्थापित

खेर्सन, युक्रेन— रुसको नियन्त्रणमा रहेको युक्रेनी बाँध भत्किँदा आसपासका दर्जनौं गाउँ र शहरका वरपरका केही भाग डुबानमा परेपछि बुधबार हजारौं मानिस आफ्नो घर छोडेर भागेका छन् ।

काखोभका बाँध भत्किएपछि युक्रेनी प्रहरी र दक्षिणी शहर खेर्सनमा रहेका सैनिकहरूले जलमग्न क्षेत्रबाट मानिसहरूलाई डुङ्गामा राखेर बाहिर निकालिरहेका थिए ।

उद्धारका बाबजुद पनि रुसी सेनाले आवासीय क्षेत्रमा गोलाबारी जारी राखेको अधिकारीले बताएका छन् ।

युक्रेन र रसियाले मंगलबार बिहानै बाँध फुट्नुमा दोषारोपण गरेका छन् जसका कारण टर्कीका राष्ट्रपतिले दुवै देशका नेतालाई उक्त बाँधको अन्तर्राष्ट्रिय छानबिनको प्रस्ताव गरेका छन् ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  २०:२५
Weather Update