बालविकास केन्द्रलाई प्रत्येक स्थानीय तहमा नमुना बनाइने

काठमाडौं— सुदूरपश्चिम सरकारले प्रारम्भिक बालविकास केन्द्रलाई नमुना बनाउने नीति ल्याएको छ ।
बुधबार प्रदेश प्रमुख देवराज जोशीले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्दै सरकारले सो नीति ल्याएको बताएका हुन् ।
नीति तथा कार्यक्रममा भनिएको छ,‘संघ सरकार र स्थानीय तहसँगको साझेदारीमा प्रत्येक स्थानीय तहमा एक–एक वटा बालविकास केन्द्रलाई नमुना बालविकास केन्द्रको रूपमा विकास गरिने छ ।’
सरकारले विद्यालय नर्स कार्यक्रमलाई विस्तार गर्ने पनि बताएको छ ।
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १९:२१
साताको लोकप्रिय