News Griha :: न्यूजगृह
विद्यालय कर्मचारीको आन्दोलन जारी, के–के हुन् माग ?

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् विभिन्न माग राख्दै आन्दोलनमा उत्रिएको छ । विद्यालय कर्मचारीले बुधबार पनि ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना दिएका छन् ।

पूर्ण सेवा सुविधाको ग्यारेन्टी तत्काल लागु गर्नुपर्ने, संघीय शिक्षा ऐन, शिक्षा ऐन २०२८ को संशोधनमा प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगी अवकाश पाएकालाई शिक्षक सरह सेवा सुविधा दिनुपर्नेलगायत माग राखि समन्वय इकाईमा धर्ना दिएर बसेका हुन् ।

२० जेठदेखि शिक्षा विकास तथा समन्वय इकाईमा धर्नामा रहेको परिषद्‌को आन्दोलनमा शिक्षकले पनि ऐक्यबद्धता जनाउँदै आएका छन् ।

आफूहरूको माग राज्यले अहिलेसम्म सुनवाइ नगरेको विद्यालय कर्मचारीहरूले बताएका छन् ।

सरकारसँग विभिन्न समयमा गरिएका सम्झौता तथा सर्वोच्च अदालतको आदेश कार्यान्वयन गर्नुपर्ने उनीहरुको माग छ । माग पूरा नगरिए कडा आन्दोलनमा उत्रिने परिषद्ले जनाएकाे छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:५६
nepali_patro_2nepali_patro_2
Weather Update