News Griha :: न्यूजगृह
सरकारलाई गोकुल बास्कोटाको चुनौती : निर्वाचन आयोगै खारेज गरौँ, बत्ती निभाउन पनि परेन चपाउन पनि 

काठमाडौं— एमाले सांसद गोकुल बास्कोटाले निर्वाचन आयोग नै खारेज गर्न सरकारलाई चुनौती दिएका छन् । 

आगामी वर्षको बजेटमाथि संसद्मा जारी छलफलमा भाग लिँदै उनले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णयप्रति चर्को आक्रोश पोखे ।

‘मतदातामा नाम पनि आफै थप्ने । मतदान केन्द्र पनि आफै तोक्ने । निर्वाचन आयोगै पनि खारेज गरे हुन्छ । अब किन भने बत्ती निभाउन पनि झन्झट परेन क्या पुलिस लगाउँदै भयो नि त सत्तापक्षलाई, चपाउन पनि परेन,’ उनले भने ‘अनि लोकतन्त्रको दुहाई । सुशासनको दुहाई । यो खालको कुरा गरेर हिँड्नु भएको छ ।’

अधिकांश विकासका काम केपी ओली नेतृत्वको सरकारमा भएका दाबी गर्दै बास्कोटाले अहिलेको बजेटले आम नागरिकलाई निरासा थपेको जिकिर गरे । ‘त्यही सरकारले अगाडि सारेका कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, विदेश सम्बन्धका सम्पूर्ण कुरालाई बजेटमा समेटेर आउनुस् र त्यसलाई समृद्ध बनाउनुस् न हामी दुई हातले ताली ढोक्छौँ, नाचौँला पनि हामी कुनै चेत नभएको विपक्षीजस्तो होइन,’ उनले भने । 

बजेट निर्माणको बेलामा अहिले मुसो नपसेपनि कागज गडबढ गर्नका लागि पहिलाकै मान्छेले अहिले पनि राखेको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १७:१४
Weather Update