सांसद कुँवरको गुनासो : सरकारले बजेटमा सुदूरपश्चिमलाई हेप्यो

काठमाडौं— सांसद शेरबहादुर कुवँरले बजेटले सुदूरपश्चिमलाई हेपेको गुनासो गरेका छन् ।
संसद्मा बजेटमाथिको छलफलमा भाग लिँदै उनले सरकारले यसअघि नै गरेका कतिपय सहमति समेत बेवास्ता गर्दै बजेट बनाएको आरोप लगाए ।
नीति तथा कार्यक्रममा आएका विषयसमेत बजेटमा छुटाइएको भन्दै उनले असहमति प्रकट गरे ।
गेटा मेडिकल कलेजलाई विश्वविद्यालय बनाउने सहमतिविपरीत सरकारले प्रतिष्ठानको कुरा ल्याएको भन्दै उनले अस्पतालमा बेडको संख्यापनि सहमतिविपरीत घटाइएको भन्दै त्यहाँको जनता आन्दोलनमा रहेको बताए ।
उनले भने, ‘४० वटा जिल्लामा मात्रै अधिकांश बजेट हालिएको भन्ने बाहिर आएको कुरा सत्य नहोस् ।’
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८० १४:५१