News Griha :: न्यूजगृह
जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन सांसद थापाको माग

काठमाडौं— नेपाली कांग्रेस महामन्त्री गगन थापाले निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णय तत्काल सच्चाउन सरकारसँग माग गरेका छन्  ।

प्रतिनिधि सभा बैठकमा उनले निर्वाचन आयोगको कार्यालय खारेजीबाट वर्षमा १५ करोडभन्दा बढी बचत नहुने भन्दै यसैका लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा नरहेको बताए । 

उनले भने, ‘१५ करोड बचत गर्नको लागि निर्वाचनको निष्पक्षतामा सम्झौता गर्नुपर्ने अवस्थामा हामी पुगेको हो त, मलाई यस्तो लाग्दैन,’ उनले भने, ‘निर्वाचन आयोगको कार्यालय कटौती गर्नेतर्फ सरकारले ध्यान पुर्‍याएनजस्तो लाग्छ, त्यसैले आफूले गरेको गल्तीलाई समयमा सच्यायो भने त्यो गल्तीको दुस्प्रभाव व्यहोर्नु पर्दैन । निर्वाचन आयोगको कार्यालय खारेज गर्ने निर्णयलाई तत्काल सच्चाउनका निम्ति नेपाल सरकारसँग माग गर्छु ।’

बजेटमा प्रस्तावित जिल्ला निर्वाचन कार्यालयलाई खारेज गर्ने काम भयो भने यसले निर्वाचन आयोगको भूमिकालाई संकुचित र यसको कामलाई प्रभावित पार्ने पनि उनको भनाइ छ । 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १२:४२
Weather Update