News Griha :: न्यूजगृह
विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय

काठमाडौं— मन्त्रिपरिषद्को बुधबारको बैठकले विद्युत् व्यापारसम्बन्धी विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सम्बन्धित मन्त्रालयलाई यस विधेयक संसद्मा पेस गर्न अनुमति दिने निर्णय गरेको सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ११:४६
Weather Update