News Griha :: न्यूजगृह
मेयर बालेन शाहको ब्रसेल्स भ्रमण स्वीकृत
फाइल तस्बिर ।

काठमाडौं— मन्त्रिपरिषद्को बुधबारको बैठकले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको ब्रसेल्स भ्रमण स्वीकृत गरेको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयको प्रस्तावमा जेठ २९ देखि ३२ गतेसम्म हुने कामनपा प्रमुख शाहको ब्रसेल्स भ्रमणलाई स्वीकृत गरेको हो । 

प्रमुख शाहले बेल्जियमको ब्रसेल्समा आयोजना हुने ‘ब्रसेल्स अर्वान समिट २०२३’ को कार्यक्रममा सहभागी हुन बेल्जियम जान लागेको एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । 

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  ११:३९
Weather Update