News Griha :: न्यूजगृह
सुदूरपश्चिमको नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुँदै​​​​​​​

सुदूरपश्चिम— सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बुधबार प्रस्तुत हुँदैछ ।

बुधबार अपराह्न ४ बजेपछि बस्ने प्रदेश सभाको बैठकमा प्रदेश प्रमुख देवराज जोशीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । 

प्रदेश सभाको बैठकमा सरकारको विनियोजन विधेयक २०८०/८१ का सिद्धान्त र प्राथमिकतामाथिको छलफल सकिएपछि नीति कार्यक्रम प्रस्तुत गर्न लागिएको हो । रासस

प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १०:५६
Weather Update