News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
नक्कली भुटानी शरणार्थी प्रकरण : प्रतिवादी पक्षको बहस बुधबारबाट सुरु हुने 

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्त पक्षको बहस बुधवारबाट सुरु हुने भएको छ । जाहेरीकर्ता पक्षको बहस मंगलबार नै सकिएपछि प्रतिवादी पक्षको बहस सुरु हुने भएको हो । 

बहस जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको छ । आगमी ३१ जेठसम्म बहस सकेर अदालतले अभियुक्तलाई पुपक्र्षका लागि जेल पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय लिनेछ । 

Prabhu Bank

प्रतिवादी कुनै हालतमा धरौटी राखेर हिरासत मुक्त हुने पक्षमा छन् । उनीहरूले बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्ता नियुक्त गरेका छन् । पूर्वगृहमन्त्री बालकृष्ण खाणले बहसका निम्ति पूर्व महान्यायधिवक्ता खम्मबहादुर खाती, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष शेरबहादुर केसी र गोपालकृष्ण घिमिरेसहित अधिवक्ताको १८ टोली नियुक्त गरेका छन् । 

त्यस्तै, पूर्वउपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीले थुनछेक बहसमा ‘हाइप्रोफाइल’ अधिवक्तालाई बहसमा उतारेका छन् । अदालतमा पेस विवरणअनुसार उनको पक्षबाट बहसको नेतृत्व वरिष्ठ अधिवक्ता सुशील पन्तले गरेका छन् । टोलीमा पूर्वमहान्यायधिवक्ता रमेश बडाल पनि सहभागी छन् । त्यस बाहेक धर्मराज रेग्मी, पर्शुराम कोइराला, करुणाकर मल्लिक, आकृति रायमाझीलगायत आठ अधिवक्ताले उनको पक्षमा बहस गर्दैछन् । 

पूर्वगृहसचिव टेकनारायण पाण्डेले पनि बहसका निम्ति ‘हाइप्रोफाइल’ अधिवक्तलाई नै नियुक्त गरेका छन् । उनको पक्षबाट बहसको नेतृत्व पूर्वमहान्यायाधिवक्ता रमण श्रेष्ठले गर्दै छन् । टोलीमा गणेश रेग्मी, राम घिमिरेलगायत अधिवक्ता सहभागी छन् । रेग्मी नेपाल प्रहरीका पूर्वएसएसपी हुन् । 

घटनामा १८ अभियुक्त पक्राउ परेका छन् । १२ फरार छन् । उनीहरूविरुद्ध लिखत किर्ते, राज्यविरुद्धको कसूर, संगठित र ठगी कसूरअन्तर्गत मुद्दा चलाइएको छ । 

नक्कली शरणार्थीका नाममा ठगी भएको भन्दै एक सय १५ पीडितले उनीहरूविरुद्ध प्रहरीमा उजुरी दिएका छन् । मुदमा २८ करोड ८४ लाख रुपैयाँ ठगी भएको भन्दै बिगो दाबी भएको छ । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, जेठ २४, २०८०  १०:१८
sagarmatha cementsagarmatha cement
Weather Update