
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।
समितिका नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्यूनतम २० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १२ रुपैयाँ, मुडेको रातो आलु ४० रुपैयाँ, सेतो आलु ३६ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १५० रुपैयाँ, लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।
लोकल गाँजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ६०, लोकल घिउ सिमी लोकल ६०, भटमासकोशा १३०, मटरकोशा १७०, राजमा सिमी ११०, तिते करेला ५०, लौका ६०, परवल लोकल ९०, पाकेको फर्सी ५०, डल्लो फर्सी हरियो ४०, घिरौंला ५०, भिण्डी ७०, सलगम ७०, कन्य च्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३३०, कुरीलो २००, ब्रोकाउली ९०, तोफु ११०, लोकल काँक्रो ११० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ ।
चमसूरको साग ११०, पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ३० हरियो लसुन ७०, हरियो प्याज ६०, रायो साग ४०, धनियाँ ३०० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।
हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २०० रुपैयाँ, तरबुजा हरियो ४०, भारतीय दसहरी आँप ९०, मौसम १८०, अनार ३८०, केरा दर्जनको १२०, फूजी स्याउ २८०, आभोकाडो ५०० र मेवा भारतीय १०० र लिची लोकल १०० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले जनाएको छ ।