News Griha :: न्यूजगृह
सामाजिक सञ्जाल प्रयोग गर्ने कर्मचारीलाई गृहको ७ बुँदे निर्देशन, टिकटक बनाउने निगरानीमा

काठमाडौं— गृह मन्त्रालयले सामाजिक सञ्जाल प्रयोगको सम्बन्धमा कर्मचारीलाई ७ बुँदे निर्देशन दिएको छ ।

मन्त्रालयमा कार्यरत केही कर्मचारीले  अनुउपयुक्त, अव्यवासायिक गतिविधि तथा पदको गम्भिर्यता र महत्त्वलाई ध्यान नदिई सामाजिक सञ्जालमा भिडिओ राख्ने गरेको पाइएको भन्दै मन्त्रालयले ७ बुँदे निर्देशन जारी गरेको हो ।

कार्यालय समयमा कार्यालय परिसरभित्र र कर्मचारी पोशाकमा टिकटकजस्ता भिडिओ खिचेर सामाजिक सञ्जालमा नराख्ने, सरकारी सवारीसाधनको प्रयोग गरी टिकटकजस्ता भिडिओ खिचेर सामाजिल सञ्जालमा नराख्ने, कार्यालयसँग सम्बन्धित संवेदनशील काम कारबाहीको जानकारी, गोप्य कागजात आदि सामाजिक सञ्जालमार्फत सेअर नगर्ने र नगराउने, कार्यालयको काम कारबाहीको विवरण जानकारी गराउँदा, सार्वजनिक गर्दा व्यक्तिगत प्रचारप्रसार र जस लिने आशयले नगर्ने निर्देशन जारी भएको छ ।

आफ्नो नियमित कर्तव्यभित्र पर्ने सरकारी कामकाज गरेको विषयलाई अनावश्यक तन्काएर विज्ञापन गरेको जस्तो देखिने गरी व्यक्तिगत सञ्जालमा समेत नराख्ने र सार्वजनिक पदधारण गरेका सबै राष्ट्रसेवक कर्मचारीले पदीय जिम्मेवारीलाई नकारात्मक प्रभाव पार्ने खालको विषयवस्तु सामाजिक सञ्जालमा नराख्न निर्देशन जारी भएको छ ।

मन्त्रालयले यी निर्देशन पालना भए नभएको सुक्ष्म अनुगमन हुने जनाएको छ ।

७ बुँदे निर्देशन

348381251_1308429263381738_6806896115093808339_n1686062107.jpg

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  २०:१९
Weather Update