News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
देउवा र ओलीबाट विद्यालय कर्मचारी परिषद्ले पायो ‘सकारात्मक’ जवाफ

काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गरी आफ्ना मागबारे ध्यानाकर्षण गराएको छ । परिषद्का अध्यक्ष गंगाराम तिवारीसहितको एक टोलीले सभापति देउवालाई भेटेर ध्यानाकर्षण गराएको हो ।

न्यूजगृहसँग कुराकानी गर्दै अध्यक्ष तिवारीले सभापति शेरबहादुर देउवाबाट सकारात्मक जवाफ पाएको बताए । उनले भने,‘हामीले मंगलबार बिहान नेपाली कांग्रेसमा सभापति शेरबहादुर देउवालाई भेटेर मागबारे ध्यानाकर्षण गराएका छौं । उहाँले सकारात्मक जवाफ दिनु भएको छ ।’

Prabhu Bank

विद्यालय कर्मचारी परिषद्लाई सभापति देउवाले ‘तपाईंहरूका कुरा बुझेको छु । म अगाडि बढाउँछु’ भने ।

अध्यक्ष तिवारीले विद्यालय कर्मचारी परिषद्कै मागका विषयमा अर्थमन्त्री डा.प्रकाशशरण महतले बिहानै सभापति देउवासँग भेट गरेको जानकारी आफूहरूले पाएको पनि न्यूजगृहलाई बताए ।

त्यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि विद्यालय कर्मचारी परिषद्ले भेट गरी ध्यानाकर्षण गराएको अध्यक्ष तिवारीले जानकारी दिए ।

अध्यक्ष ओलीले मागका विषयमा सदनमा कुरा उठाउने र पूरा गर्न पहल गर्ने परिषद्लाई बताएको तिवारीको भनाइ छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:५९
sagarmatha cementsagarmatha cement
Weather Update