News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
संसदमा कांग्रेस सांसद निधिले भने– त्रिविलाई पुनःसंरचना गरियोस्

काठमाडौं— नेपाली कांग्रेसका सांसद विमलेन्द्र निधिले त्रिभुवन विश्वविद्यालयलाई पुनःसंरचना गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा आव २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उनले मुलुकै पुरानो त्रिभुवन विश्वविद्यालयलाई ‘एक्सलेन्स’ सेन्टरका रुपमा विकास गरिनुपर्ने बताए ।

Prabhu Bank

निधिले बाँकी आंगिक र सम्बन्ध प्राप्त क्याम्पसलाई नयाँ विश्वविद्यालयका रुपमा विकास गरिनुपर्ने बताए ।

‘क्षेत्रगत र विषयगत रूपमा धेरै विश्वविद्यालय भएमा रोजगारी पनि सिर्जना हुन्छ, उच्च शिक्षा अध्ययनका नाममा विदेशिने रकम पनि जोगिन्छ’,उनले भने ।

बजेटको अनुसूचीमा धेरै संस्थाका पुनःसंरचनाको विषय राखिएको भए पनि त्रिविको पुनःसंरचना गर्ने विषय नसमेटिएको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

‘जुन देशले मानव जनशक्ति विकासमा ठूलो लगानी गर्छ, त्यही देशले नै समृद्धि र विकासका यात्रा अगाडि बढाउन सक्छ । उच्चस्तरको जनशक्ति नभएमा उच्च विकासको आशा कसरी गर्ने ? त्रिविलाई पुनःसंरचना गरियोस्’,निधिले संसदमा भने । 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:२०
sagarmatha cementsagarmatha cement
Weather Update