News Griha :: न्यूजगृह
संस्कृतिमन्त्री भन्छन्– नेपालका घर विश्वविद्यालय

काठमाडौं— संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले प्राकृतिक र मानव निर्मित नेपालीपन बोकेको पर्यटन प्रवर्द्धन अहिलेको आवश्यकता भएको बताएका छन् ।

ओखलढुंगाको खिजीदेम्बा क्षेत्रको नयाँ पर्यटन पदमार्गको सुरु भएको मंगलबार घोषणा कार्यक्रममा मन्त्री किराँतीले संस्कृति, शिक्षा र ज्ञानका हिसाबले नेपालका हरेक घर विश्वविद्यालय र प्रत्येक गुम्बा एवम् मठमन्दिरका टुँडाल पाठ्क्रमका रुपमा रहेका बताए ।

उनले भने,‘नेपाली पहिचान बोकेका गाउँघरका उत्पादन र स्वादलाई पर्यटनको विकास र प्रवर्द्धनमा जोड्नुपर्छ । मुलुक र जनताको हितमा काम गर्नुपर्छ भन्ने हुटहुटी र सहासले पर्यटन क्षेत्रमा देखिएको विकृतिलाई अन्त्य गर्दै प्रवर्द्धनमा कार्यक्रम गर्न कोसिस गरिरहेको छु ।’

समुद्री सतहबाट करिब तीन हजार तीन सय ५० मिटरको उचाइमा रहेको खिजी देम्बाडाँडा मुलुकका एक सय पर्यटन गन्तव्यस्थलमध्येको एक अब गल्फ खेलका लागि नयाँ गन्तव्य हुने विश्वास गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १८:१०
Weather Update