तत्काल प्रअ नियुक्ति प्रक्रिया सञ्चालन नगर्न निर्देशन

काठमाडौं— काठमाडौं महानगरपालिकाले तत्काल प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन सबै विद्यालयलाई निर्देशन दिएको छ ।
महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले सरकारी विद्यालयका शिक्षकको दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापनसम्बन्धी कार्यविधि तर्जुमा अगाडि बढेको हुँदा उक्त कार्य नसकिञ्जेल स्थगित गर्न निर्देशन दिएको सूचना जारी गरेका छन् ।
यस्तो छ सूचना
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १७:५८