अझै भेटिएनन् सुनकोशीमा बेपत्ता सीटीईभीटीका कर्मचारी

सिन्धुली— सुनकोशी नदीमा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका कर्मचारीको अझै खोजी भइरहेको छ ।
बेपत्ताको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोलीले शुक्रबारदेखि खोजी गरिरहेको छ ।
सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बा १ झ ७४६७ नम्बरको जिप गत शुक्रबार दिउँसो मध्यपहाडी लोकमार्गको खुर्कोट–घुर्मी खण्डअन्तर्गत गोलन्जोर गाउँपालिका– ७ को लौकुनबाट सुनकोशी नदीमा खसेको थियो ।
जिपमा सीटीईभीटी प्रशासन शाखाका निर्देशक ५७ वर्षीय कृष्ण केसी, योजना महाशाखा निर्देशक ५६ वर्षीय यमप्रसाद भुर्तेल र विद्युत् प्राविधिक भानु पौडेल सवार थिए । चालक कृष्ण चौधरी भने सकुशल छन् ।
टोली भक्तपुरबाट खोटाङ जाँदै थियो ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १६:५२