अदालत
राहुल गान्धीलाई जेल सजाय

काठमाडौं — भारतको कांग्रेस पार्टीका सांसद राहुल गान्धीलाई गुजरातको सुरत जिल्ला अदालतले २०१९ मा दायर गरिएको मानहानि मुद्दामा दोषी ठहर गर्दै बिहिबार दुई वर्षको जेल सजाय सुनाएको छ ।
हाल राहुलले अदालतबाट जमानत पाएका छन् । उनले २०१९ मा एक कार्यक्रममा ‘किन सबै चोरहरूको उपनाम मोदी जस्तो छ ?’ भनेर टिप्पणी गरेका थिए । राहुलको उक्त टिप्पणीलाई लिएर भारतीय दण्ड संहिताको धारा ४९९ र ५०० (मानहानि) अन्तर्गत मुद्दा दर्ता गरिएको थियो । सो मुद्दामा फैसला सुनाइँदा राहुल सुरत जिल्ला अदालतमा उपस्थित रहेको एनडीटीभीले जनाएको छ ।
उनलाई अदालतले ३० दिनको लागि जमानत दिएको छ र उक्त फैसलाविरुद्ध उच्च अदालतमा अपिल गर्ने अनुमति दिइएको छ । उनी आज बिहान सुरत पुगेका थिए र राज्यका शीर्ष पार्टी नेताहरूले उनलाई स्वागत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९ १३:००













