News Griha :: न्यूजगृह
प्रचण्डलाई ओलीको व्यंग्य : पूजापाठबाट अर्थतन्त्र सुदृढ हुँदैन

काठमाडौं— एमाले अध्यक्ष केपी शर्मा ओलीले पूजापाठबाट अर्थतन्त्र सुधार नहुने भन्दै व्यंग्य गरेका छन् । 

मंगलबार प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतलाई व्यंग्य गर्दै उनले पूजापाठबाट नभएर भिजनसहितको योजनाबद्ध प्रयासबाट मात्रै अर्थतन्त्रमा सुधार आउने बताए । 

उनले भने, ‘यहाँ भएन भने इन्डिया गएर १०८ किलो चढाएर भएपनि भगवान छन् नि हाम्रा किन कोसिस गर्न पर्यो भन्ने छ । तर, त्यसरी अर्थतन्त्र सुदृढ हुँदैन, संसारमा पूजापाठबाट अर्थतन्त्र सुदृढ काँहीपनि भएको छैन अर्थमन्त्रीज्यू ।’

अर्थतन्त्रको सुधारको लागि भारतसँग आस गरेको  आरोप लगाउँदै उनले पूजापाठ गरेर भगवानलाई खुशी बनाएर नहुने तर्क गरे । 

योजनाबद्ध प्रयासबाट देशको अर्थतन्त्र सुधार गर्न सकिने उनको भनाइ छ । 
 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १६:४९
Weather Update