कोशी सरकारमा सहभागि माओवादीका २ मन्त्रीले दिए राजीनामा

काठमाडौं— कोशी प्रदेशमा सहभागि नेकपा माओवादी केन्द्रका २ जना मन्त्रीले राजीनामा दिएका छन् ।
माओवादीबाट कोशी प्रदेश सरकारमा भौतिक पूर्वाधार मन्त्री दुर्गा चापागाईं र पर्यटन वन तथा वातावरण मन्त्री जीवन आचार्य थिए ।
पार्टीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेसँगै उनीहरूले राजीनामा दिएका हुन् । उनीहरूले मुख्यमन्त्री हिक्मत कार्कीलाई राजीनामा बुझाएका छन् ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० १६:३१