News Griha :: न्यूजगृह
प्रधानमन्त्रीलाई जनता तर्साउने छुट छैनः महामन्त्री थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् ।

बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रममा महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् ।

उनले भने, ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । । कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ ।’ 

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  १२:३७
Weather Update