News Griha :: न्यूजगृह
अझै सुरु भए प्रतिनिधि सभा बैठक 

काठमाडौं— बिहान ११ बजेका लागि तय भएको प्रतिनिधि सभा बैठक अझै सुरु भएको छैन ।

बजेट निर्माणमा सेवा निवृत्त नायब सुब्बालाई संलग्न गराएको भन्दै विपक्षी दलहरूले संसद्मा विरोध जनाउने भएपछि प्रतिनिधि सभा बैठक सुरु हुन नसकेको हो ।

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले सदनको कामकारबाहीमा अवरोध गर्ने बताएपछि प्रतिनिधि सभा बैठक सुरु नभएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

सोमबारको प्रतिनिधि सभा बैठकमा बजेटमा करको दर हेरफेरमा सेवा निवृत्त नासुलाई संलग्न गराइएको भन्दै एमाले सांसद ठाकुर गैरे र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रश्न उठाएका थिए। 

सभामुखले दलका सचेतकहरूसँग छलफल गरिरहेका छन्  । प्रतिनिधि सभामा सोमबारदेखि बजेटमाथि छलफल सुरु भएको छ। 

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  १२:५२
Weather Update