News Griha :: न्यूजगृह
राष्ट्रिय सभाको बैठक बुधबार सर्‍यो
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय सभाको मंगलबार बस्ने तय भएको बैठक बुधबार बिहानका लागि सरेको छ ।  

मंगलबार बिहान ११ः११ बजे तय भएको बैठक विशेष कारणवश बुधबार बिहान ११ः११ बजे बस्ने सङ्घीय संसद् सचिवालयले जनाएको छ । 

मंगलबार बस्ने भनिएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समसामयिक विषयमा वक्तव्य दिने सम्भावित कार्यसूची थियो । साथै, अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो । रासस

प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८०  ११:२३
Weather Update