शरणार्थी प्रकरण : सरकारी वकिलले आज बहस सक्ने

काठमाडौं— नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तविरुद्ध सरकारी वकिलको बहस मंगलबार सकिने भएको छ ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका सहन्यायाधिवक्ता अच्यूतमणि न्यौपानेको नेतृत्वमा अभियुक्तविरुद्ध सात सरकारी वकिल बहसमा उत्रिएका छन् ।
बहसमा महेश खत्री, जनक घिमिरे, दिनेश भट्टराई, शुरबहादुर परियार, निर्मला मरासिनी र प्रकाश घिमिरे छन् ।
जिल्ला अदालत काठमाडौंका अनुसार सरकारी वकिल पक्षको बहस सकिएपछि साथ प्रतिवादीको पक्षबाट बहस सुरु हुनेछ ।
बहस न्यायाधिश प्रेमप्रसाद न्यौपानेको इजलासमा चलिरहेको छ । आगमी ३१ जेठसम्म बहस सकेर अदालतले अभियुक्तलाई पुर्पक्षका लागि जेल पठाउने वा धरौटीमा रिहा गर्ने निर्णय लिनेछ ।
प्रकाशित मिति: मंगलबार, जेठ २३, २०८० ०९:२५