
काठमाडौं— शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतले सामुदायिक विद्यालय कर्मचारीले इकाई परिसरमा विभिन्न माग राखेर गरेको धर्नाबारे शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरलाई पत्र पठाएको छ । इकाई प्रमुख महेशदत्त देवकोटाले सोमबार केन्द्रलाई पत्र पठाएका हुन् ।
‘नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्यसमिति सुर्खेतबाट मिति २०८०/२/२१ गते यस इकाईमा पेश भएको धर्ना कार्यक्रमको जानकारी पत्र यसैसाथ संलग्न राखि पठाइएको व्यहोरा अनुरोध छ,’ पत्रमा भनिएको छ ।
त्यसैगरी इकाईले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सिंहदरबार काठमाडौं र नेपाल विद्यालय कर्मचारी परिषद्लाई पनि सोही पत्र पठाएको छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा आफ्ना माग सम्बोधन नगरेको भन्दै देशभरका विद्यालय कर्मचारीहरू आन्दोलित छन् । उनीहरूले तलब, सेवासुविधा, दरबन्दीलगायतको माग गरेका छन् ।