News Griha :: न्यूजगृह
बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भए अर्थमन्त्री जवाफदेही हुनुपर्छ : डा.खतिवडा

काठमाडौं— पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न रहेको भए अर्थमन्त्री जवाफदेही हुनुपर्ने बताएका छन् ।

सोमबार काठमाडौंमा आर्थिक मिडिया सोसाइटीले आयोजना गरेको ‘पोष्ट बजेट–अहोलिस्टिक डिस्क्लोजर’ विषयक अन्तक्रिया कार्यक्रममा बोल्दै डा.खतिवडाले अर्थमन्त्री डा.प्रकाशशरण महत जवाफदेही हुनुपर्ने बताएका हुन् ।

उनले गत वर्षजस्तै यो वर्ष पनि बजेट बनाउँदा अनधिकृत व्यक्ति छिरेको आशंका गरेर मिडियामा समाचारहरू आउन थालेको भन्दै त्यो सत्य नहोस् भन्ने पक्षमा आफू रहेको बताए ।

उनले भने,‘अर्थमन्त्रीले ल्याएको बजेटमा करका दरको विषयमा समाचारहरू आइरहेका छन् । बजेटको करका दर बनाउन फेरि पनि मुसा छिरे अरे, फेरि पनि अनधिकृत व्यक्तिहरु छिरे अरे, फेरि पनि अघिल्लो वर्षमा भएका करका अनियमिताहरु हल भएनन् अरे, कोष करेक्शन भएन अरे । विकृति बढ्दै गए भन्ने सुनेको छु । यी कुरा सत्य नहुन् । मेरो शुभकामना छ । यस्तो कुरा भेटियो भने अर्थमन्त्री कठघरामा उभिएर जवाफ जवाफदेही हुनुपर्छ ।’

डा.खतिवडाले विद्युतीय सवारीसाधनमा सरकारले अहिले नै प्राथमिकता दिनुपर्ने बेला नभएको बताए ।  

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २२:१५
Weather Update