News Griha :: न्यूजगृह
माओवादी सांसद भन्छन्– एमाले सांसदहरूले अराजकता देखाए, जवाफ दिन्छौं 

काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्ष दलका सांसदहरूले संसदमा अराजकता देखाएको भन्दै त्यसको जवाफ फर्काउने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकपछि न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै सांसद दाहालले एमाले सांसदहरूको संसदमा प्रस्तुति असाध्यै अराजक र अशिष्ट भएको बताए ।

उनले सबै खालका अराजकताहरूको संविधान, प्रतिनिधि सभा नियमावली र अनुशासनभित्र रहेर जवाफ दिने बताए । उनले प्रतिपक्ष दलका सांसदहरूले अराजकता र असंसदीय चरित्रको पराकाष्ठ नै देखाएको बताए ।

उनले भने,‘उहाँहरुको प्रस्तुति असाध्यै अराजक, अशिष्ट छ । संसदमा उहाँहरूको प्रस्तुति, गतिविधि देख्दा अत्याचार नै देखिन्थ्यो । अराजकतालाई जवाफ दिन्छौँ ।’

उनले सभामुखले अराजकतालाई प्रश्रय दिएको आरोप लगाउँदै तटस्थ भूमिकामा रहन आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  २०:२८
Weather Update