News Griha :: न्यूजगृह
योगेश भट्टराई भन्छन्– संसदमा प्रधानमन्त्री निरीह बन्नुभयो

काठमाडौं— नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपालको इतिहासमै प्रधानमन्त्री संसदमा निरीह भएको टिप्पणी गरेका छन् ।

सोमबार संसद् भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री निरीह भएको टिप्पणी गरेका हुन् ।

उनले भने,‘संसदमा नेपालको प्रधानमन्त्री इतिहासमै निरीह हुनुभयो । यसरी निरीह भएर कहिल्यै पनि प्रस्तुत हुनु भएको थिएन किनभने उहाँसँग कुनै तर्क नै छैन । उनको धारणा नै कमजोर र फितलो छ ।’

भट्टराईले प्रधानमन्त्रीले नागरिकता विधेयक प्रमाणीकरण गर्न गलत बाटो अपनाएको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:५६
Weather Update