संसदमा अवरोध हुनु सामान्य : कांग्रेस प्रमुख सचेतक लेखक
काठमाडौं— नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् अवरुद्ध हुनु संसदीय अभ्यासकै पाटो भएको बताएका छन् । सोमबार संसद् बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै लेखकले सो कुरा बताएका हुन् ।
उनले संसद् राजनीतिक थलो भएको र संसदमा विभिन्न विचारधाराका पार्टी र नेताहरू एक ठाउँमा छलफल गर्ने थलो भएको बताए ।
उनले भने,‘संसद् भनेको फरक–फरक राजनीतिक विचार भएका राजनीतिक दलहरू र मानिसहरूको एकै ठाउँमा बसेर छलफल गर्ने थलो हाे । संसद् अवरुद्ध हुने कुरा संसदीय अभ्यासकै एउटा पाटो हो । यसलाई सामान्य रूपमा लिनुपर्छ ।’
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १८:४७