कांग्रेस सरकारमा भए पनि जनताको भरोसा छैन : गगन थापा

काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीले टिकटका लागि तल्लो तहबाटै निर्णय गर्ने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
सोमबार नेपाली कांग्रेस लुम्बिनी प्रदेशले दाङको लमहीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै थापाले पार्टीको उपल्लो तहबाट टिकट वितरण गर्ने पद्धतिले पार्टीभित्र गुट उपगुट हाबी हुने र आफ्नैलाई हराउने गलत प्रवृत्तिको विकास भएको बताए ।
थापाले अहिले स्थानीयदेखि केन्द्रसम्म सरकारमा कांग्रेस भएपनि पार्टीप्रति जनताको कुनै भरोसा नभएको बताए । त्यसका लागि पार्टीभित्रको सम्पूर्ण पद्धतिनै फेरबदल गर्नुपर्ने थापाले बताए ।
महामन्त्री थापाले सुशासन र पारदर्शीता अहिलेको पहिलो प्राथमिकता भएको भन्दै उत्पादन तथा रोजगारी सृजना गर्ने खालका योजना बनाउन जनप्रतिनिधिहरूलाई निर्देशन दिए ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १८:३८