News Griha :: न्यूजगृह
ओलीलाई लक्षित गर्दै कांग्रेस सांसदले भने– भाषणले जनताका समस्या समाधान हुँदैन

काठमाडौं— नेपाली कांग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तत्काली केपी शर्मा ओली नेतृत्वको सरकार कोभिड नियन्त्रण र विकास निर्माणमा असफल भएको टिप्पणी गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफलमा भाग लिँदै उनले शेरबहादुर देउवाको तत्कालीन सरकारले कोभिड नियन्त्रणलाई सरकारको प्राथमिकतामा राखेर महत्त्वपूर्ण भूमिका निर्वाह गरेको जिकिर गरे ।

उनले भने,‘कोरोनाको समयमा ओली सरकारले कसरी काम ग¥यो, त्यसमा फेरि विवेचना गरौंला । तर, कोरोना महामारीलाई नियन्त्रण गर्न ओली सरकार जसरी असफल भयो त्यसैगरी विकास निर्माणका लागि पनि असफल भयो । कोरोनाको समयमा शेरबहादुर देउवाजीले सफलता हात पार्दै गर्दा मुलुकको लक्षित जनसंख्याको पहिलो डोज लिने ११ प्रतिशत थिए । दोस्रो डोज लिने ४.७ प्रतिशत थिए । त्यस बेला सरकारको प्राथमिकतामा शेरबहादुर देउवाले खोप, खोप, खोप भनेर उच्चारण गर्नु भएको थियो ।’

उनले नारा र भाषणले जनताको समस्या समाधान नहुने भन्दै कृषिको विकास लागि सरकारले ध्यान दिनुपर्ने बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १८:२३
Weather Update