News Griha :: न्यूजगृह
भारतीय गायक सोनु निगमको घरमा चोरी, पूर्वड्राइभर पक्राउ
भारतीय चर्चित गायक सोनु निगम ।

मुम्बई— भारतीय गायक सोनु निगमको घरबाट ७२ लाख चोरी भएको छ । चोरीका मामिलामा उनका पूर्वड्राइभर अगम कुमारलाई गिरफ्तार गरिएको छ ।

गायककी बहिनी निकिताले मुम्बई प्रहरीमा उजुरी दिएपछि चोरीको खबर बाहिर आएको हो । अगमकुमार गायक निगमका आठ महिनासम्म ड्राइभर थिए । राम्रो काम नगरेको भनेर उनलाई केही समय अगाडि निकालिएको थियो ।

निगमको डिजिटल लकरबाट अघिल्लो दिन ४० लाख हराएको थियो भने दोस्रो दिन ३२ लाख हराएको थियो ।

निगमको घरबाट ठूलो रकम हराएपछि सिसिटिभी फुटेज हेरिएको थियो । जहाँ अगमकुमारले दुवै पटक ठूलो झोला लिएर बाहिर निस्किएको देखिएको थियो ।

पक्राउ परेका उनले डुप्लिकेट चाबी प्रयोग गरेर उक्त रकम चोरी गरेको प्रहरीसमक्ष स्वीकार गरेको बीबीसी हिन्दीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९  ०८:१७
Weather Update