News Griha :: न्यूजगृह
संसद्मा ओलीको प्रश्न : सिमाना मिचिने, हामी बोल्न नहुने पनि हुन्छ र ?

काठमाडौं— नेकपा एमाले अध्यक्ष केपी ओलीले ‘नेपालको भूमि मिचिएको कुरा बोल्न नहुने ?’ भन्दै संसद्मा प्रश्न उठाएका छन् । 

सोमबार संसद्मा विषेश समय लिएर बोल्दै उनले छिमेकी देशका सेना सीमाभन्दा वर आएर बस्ने तर, नेपालले सीमा मिचियो भन्न नमिल्ने भन्ने नहुने तर्क गरे । 

प्रतिपक्ष दलका नेता समेत रहेका ओलीले भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले सीमा विवादको विषयमा फितलो प्रर्दशन गरेको भन्दै आपत्ति जनाए । उनले नेपालको भूमि मिचिएको भन्ने तथ्य र प्रमाण हुदाँ हुँदै पनि प्रधानमन्त्रीले प्रभावकारी भूमिका खेल्न नसकेको तर्क गरे । उनले भने ‘सुगौलि सन्धि भन्दा ठूलो तथ्य प्रमाण के हुन सक्छ । तर, प्रधानमन्त्रीको भारत भ्रमण फितलो भयो ।’ 

दुवै सदनले पारित गरेरे संविधान संशोधन, सुगौली सन्धिले तोकेको भूमि फेरि आफ्नोे भनेर प्रमाणीत गर्न आवश्यक नरहेको उनको तर्क छ । ‘१ सय ४६ वर्षसम्म हामीले भोग चलन गरेको भूमि हामीले सदर गर्नु पर्यो भने । उनले भने सदर त सदर भै सक्यो नि । हामीले संविधानले सदर गर्यो । सबैले सदर गर्यो । इतिहासले सदर गर्यो । दुनियाँमा भएका नक्साहरुले सदर गर्या छ,’ ओलीले भने । 

तर, आवश्यक परे वार्तामा प्रमाण पेश गर्न नेपाल तयार रहेको बताए ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १६:१८
Weather Update