ईपीजीको बारेमा कुरा भएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रबुद्ध व्यक्ति समूह (ईपीजी)को बारेमा कुरा भएको बताएका छन् ।
प्रतिनिधि सभामा सार्वजनिक महत्वको विषयमा सांसदले उठाएका प्रश्नको जवाफ दिँदै उनले भने, ‘ईपीजीको बारेमा कुरा नभएको भन्ने होइन । भएको हो ।’ उनले यो विषयलाई उचाल्न नचाहेको बताए ।
उनले यस विषयमा विश्वासको वातावरण तयार पार्ने कुरा भएको बताए ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १५:२६