विचाराधीन र पारित भएको विधेयक एउटै होइन : सांसद विश्वप्रकाश शर्मा

काठमाडौं— नेपाली कांग्रेस सांसद विश्वप्रकाश शर्माले विचाराधीन विधेयक र पारित भएको विधेयक फरक भएको बताएका छन् ।
प्रतिधिनि सभाको सोमबारको बैठकमा उनले संविधानको धारा १११ को उपधारा १० मा भएको प्रावधान उल्लेख गर्दै सांसद शर्माले प्रक्रियाको बारेमा भने छलफल गर्न सकिने बताए ।
सो उपधारामा ‘कुनै विधेयक विचाराधीन रहेको अवस्थामा सदनको अधिवेशनको अन्त्य भए पनि त्यस्तो विधेयकमाथि आगामी अधिवेशनमा कारबाही हुन सक्नेछ । तर कुनै विधेयक प्रतिनिधि सभामा प्रस्तुत भइ विचाराधीन रहेको वा प्रतिनिधि सभामा पारित भइ राष्ट्रिय सभामा विचाराधीन रहेको अवस्थामा प्रतिनिधि सभा विघटन भएमा वा त्यसको कार्यकाल समाप्त भएमा त्यस्तो विधेयक निष्क्रिय हुनेछ’ उल्लेख छ ।
नागरिकता विधेयक प्रमाणीकरणको विषयमा संसद्मा सत्तापक्ष र प्रतिपक्षीबीच जुहारी चलेको हो ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १५:०५