संसद्मा होहल्ला : प्रधानमन्त्रीको जवाफमा नियमापत्ति

काठमाडौं— प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदले उठाएका प्रश्नको जवाफ दिँदै छन् ।
प्रधानमन्त्री प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी उठेका प्रश्नको जवाफ दिँदै गर्दा एमाले सांसदहरूले उठेर विरोध गरे । प्रतिनिधि सभामा होहल्ला मच्चिएको छ ।
सभामुखले देवराज घिमिरेले बैठक सञ्चालन गर्न प्रयास गरिरहेका छन् । एमाले सांसद रघुजि पन्तले नियम आपत्ति व्यक्त गरेका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १४:४९