News Griha :: न्यूजगृह
देशको अस्मिता लुटिएको छ, प्रधानमन्त्रीले जवाफ दिनै पर्छ : एमाले सांसद वैरागी

काठमाडौं—  एमाले सांसद दामोदर वैरागीले नेपालको भूमि राखिएको नक्सा मुनि बसेर भारतीय प्रधानमन्त्रीसँग हात हल्लाएको विषयप्रति आपत्ति जनाएका छन् ।

सोमबार  प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कपिलवस्तु र लुम्बिनी भारतको हो, भनेर टाँसिएको नक्सा मुनि बसेर भारतीय प्रधानमन्त्रीसँग हात हल्लाएको भन्दै त्यसको जवाफ प्रधानमन्त्रीले दिनु पर्ने बताए ।

उनले भने, हाम्रो भूमि कपिलवस्तु र लुम्बिनी भारतको हो, भनेर टाँसिएको नक्सा मुनि बसेर भारतीय प्रधानमन्त्रीसँग हात हल्लाउनु भएको छ । त्यसको जवाफ दिनु पर्‍यो प्रधानमन्त्रीले हाम्रो देशको अस्मिता लुटिएको छ । ’

सांसद वैरागीले प्रधानमन्त्री दाहालले सदनलाई ढाँटेको भन्दै नागरिकता दिने नाममा नागरिकता दिने पक्षधरलाई नागरिकता नदिने पक्षधर बनाउन खोजिएको बताए । 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १४:०१
Weather Update