News Griha :: न्यूजगृह
तमाम सांसद र प्रतिपक्षीलाई उल्लु बनाउन नखोजे हुन्छ : अध्यक्ष लिङ्देन
फाइल तस्बिर ।

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष तथा सांसद राजेन्द्रप्रसाद लिङ्देनले सदनमा उठाएको कुरा विधेयकको भित्र के छ भन्ने नभएर प्रक्रियाको कुरा भएको बताएका छन् । 

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले आफूहरूले सदनमा उठाएको कुरा विधेयकको भित्र के छ भन्ने भन्दा पनि प्रक्रियाको कुरा भएकाले तमाम सांसदहरू र प्रतिपक्षहरूलाई उल्लु बनाउन नसक्ने बताएका हुन् । 

उनले भने, ‘हामीले सदनमा उठाएको कुरा विधेयकको भित्र के छ भन्ने होइन प्रक्रियाको कुरा हो यसमा तमाम सांसदहरूलाई प्रतिपक्षहरूलाई उल्लु बनाउन पाइँदैन ।’

अध्यक्ष लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अखण्ड भारतमा लुिम्बनी कपिलवस्तु समावेश गरिएको विषयमा के कुरा भयो भन्दै प्रश्न गरेका छन् । 

उनले सोधेका छन्, ‘नक्साको विषयमा प्रधानमन्त्रीको धारणा के हो ? जो अखण्ड भारतमा लुम्बिनी कपिलवस्तु समावेश गरियो के कुरा भयो र तपाईंको धारणा के हो ?’

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  १३:४०
Weather Update