संसद्मा सत्तापक्षको दादागिरी स्वीकार्य हुँदैन : एमाले

काठमाडौं— नेकपा एमाले सांसद सूर्य थापाले संसद्मा सत्तापक्षको दादागिरी स्वीकार्य नहुने बताएका छन् ।
सोमबार प्रतिनिधि सभाको छलफलमा सांसद थापाले सत्तापक्षका सदस्यहरूले दादागिरी देखाएको आरोप लगाएका हुन् ।
‘प्रतिनिधि सभाको बैठकमा पालना गर्नुपर्ने नियमअन्तर्गत कुनै सदस्यले बोलिरहेको विषयमा बाधा पुग्ने, बैठकको मर्यादा भंग हुने वा अव्यवस्था उत्पन्न हुने काम गर्न नपाइने स्पष्ट उल्लेख छ,’ उनले भने, ‘यहाँ बोलिरहेको बेला सत्तापक्षका सदस्यहरूले दादागिरी देखाउन पाइँदैन । यो बोल्ने अधिकारमा कुण्ठित गर्न पाइँदैन । यो नियमावलीको पालना गरियोस् । यो दादागिरी स्वीकार्य हुँदैन ।’
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १३:३२