
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं सांसद रवि लामिछानेले नागरिकता विधेयकको विरुद्धमा राजनीतिक दलहरू देखिएको भाष्य सृजना भएको दोष प्रधानमन्त्रीले लिुनपर्ने बताएका छन् ।
‘आज हामी त्यसको विरुद्धमा रहेको वा अन्य दलहरू जसले विरोध गरिरहेका छन् उनीहरू यो विधेयकमा जसले नागरिकता पाउनुपथ्र्याे उनीहरूले पाउनुपर्दैन भन्ने कुरा वकालत गरिरहेका छन् भन्ने भाष्य सृजना भएको छ । यो दोष प्रधानमन्त्रीले लिनुपर्छ । सरकारले लिनुपर्छ,’ संसद्मा उनले भने, ‘यदि संसद्मा आएको भए विधेयकमा भएका विभेदहरू हटाउनका लागि संसद्ले तय गथ्र्याे र पास गथ्र्याे । अधिकार जसले पाउनुपथ्र्याे उनीहरूले प्राप्त गर्न सक्थे । प्रधानमन्त्री र मन्त्रिपरिषद्का निर्णयका कारणले यो अदालत पुग्यो र त्यो अधिकार हनन् भएको छ । यसको प्रक्रिया पु¥याएर ल्याउनु पर्ने तर, त्यसको दोषी प्रधानमन्त्री हुनुहुन्छ ।’
संसद्को अधिकार छलेर प्रधानमन्त्रीले मन्त्रिपरिषद्को निर्णय गराएर राष्ट्रपतिमार्फत विधेयक पास गराइनुले संसद्को अधिकार मात्र खोसेको उनले बताए । ‘त्यो संसद्मा आएको भए त्यो महिलाहरूमाथि विभेद गरिएको कुरा संसद्ले उठाउथ्यो,’ उनले थपे, ‘हामीले यसबारे बोल्न चाहन्थ्यौँ । त्यो विभेदलाई अन्त्य गर्न चाहन्थ्यौँ ।’