वास्तविक नेपाली नागरिकताबाट वञ्चित हुन नपरोस् : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वास्तविक नेपालीले नागरिकताबाट वञ्चित हुन नहुने बताएका छन् ।
सोमबार प्रतिनिधि सभामा नेकपा एमाले सांसद योगेश भट्टराईले नागरिकता विधेयकसम्बन्धी गरेको प्रश्नमा प्रधानमन्त्री प्रचण्डले नागरिकता जस्तो संवेदशील विषयमा आफूहरू प्रष्ट भएको जवाफ दिए ।
‘यो विषय सकरात्मक ढंगले राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखी नेपाली नागरिकले सहज ढंगले नागरिकता प्राप्त गरुन्,’ उनले भने, ‘कुनै पनि तरिकाले विदेशीले सहज ढंगबाट नागरिकता लिने कुरा राष्ट्रिय हित तथा राष्ट्रिय संवेदनशील विषयमा कहीँ गढबडी नहोस् भन्ने विषयमा हामी प्रष्ट छौँ ।’
अनागरिकले नागरिकता प्राप्त नगरुन् भन्ने मूल सैद्धान्तिक विषयमा पूरै सदन एकमत भएको प्रधामन्त्री दाहालको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० १२:५३