News Griha :: न्यूजगृह
प्रधानमन्त्रीले संसद्‌मा सम्बोधन गर्ने

काठमाडौं — प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबारको संसद् बैठकमा सम्बोधन गर्ने भएका छन् ।

संसद् अवरोध हटाउन, भारत भ्रमण लगायत विषयमा प्रधानमन्त्रीले सम्बोधन गर्ने सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्रीको भारत भ्रमण र नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको बारे जवाफ माग गर्दै आइतबारको संसद् बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले लागयतका दलले विरोध गरेका थिए । 

आइतबारदेखि बजेटमाथि छलफल गर्ने कार्यसूची रहेको थियो । संसद् बैठक सुरु भएको छ । 

 

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ११:२९
Weather Update