News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
गौर हत्याकाण्डविरुद्धको रिटमा सुनुवाइ हुँदै

काठमाडौं— गौर हत्याकाण्डविरुद्ध दायर रिटमा सोमबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ । गौर हत्याका दोषीविरुद्ध कारबाहीको माग गर्दै आइतबार सर्वोच्चमा रिट निवेदन परेको थियो ।

१६ वर्षअघि रौतहटको सदरमुकाम गौरस्थित रंगेलीमा तत्कालीन नेकपा माओवादी र तत्कालीन मधेसी जनअधिकार फोरमका कार्यकर्ताबीच झडप भएको थियो । झडपमा २९ माओवादी कार्यकर्ताको निर्मम हत्या भएको थियो ।

Prabhu Bank

जिल्ला प्रहरी कार्यालय रौटहटमा जाहेरी दिँदा छानबिन नभएको भन्दै पीडितले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, सरकारी वकिलको कार्यालय, प्रहरी प्रधान कार्यालय र रौतहट प्रहरीलगायतलाई विपक्षी बनाएर सर्वोच्चमै रिट दर्ता गरेका हुन् ।

रिटमा तत्कालीन मधेशी जनअधिकार फोरमका नेता उपेन्द्र यादवलगायतलाई कारबाहीको माग गरिएको छ ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०९:२२
sagarmatha cementsagarmatha cement
Weather Update