News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
प्रअ र विव्यस अध्यक्ष मिलेर शौचालय निर्माणको रकम झ्वाम !

सिरहा— सिरहाका एक प्रधानाध्यापकलाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद सजाय तोकिएको छ ।

जिल्लाको रामपुरविर्ता–५ स्थित सिरहा प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि विशेष अदालतले आइतबार भ्रष्टाचारको कसुर कायम गरेको हो ।

Prabhu Bank

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्य खुसीप्रसाद थारुको इजलासले तत्कालीन प्रधानाध्यापक वसन्त मण्डल तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामभरोस मण्डललाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको हो ।

अदालतले मण्डललाई ६ महिना कैद र १ लाख ४७ हजार रुपैयाँ जरिवाना तथा उति नै रकम बिगो असुलउपर गर्ने अन्तिम आदेश दिएको छ । अर्का प्रतिवादी रामभरोस मण्डलको मृत्यु भइसकेकाले उनका हकवालासँग १ लाख ४७ हजार रुपैयाँ असुलउपर गर्ने फैसला भएको छ ।

उक्त विद्यालयमा शौचालय निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको थियो । छानबिन गर्दा चार लाख रुपैयाँ हिनामिना भएको भेटिएपछि मुद्दा दायर भएको थियो ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०८:४९
sagarmatha cementsagarmatha cement
Weather Update