विद्यालय र शिक्षक पुरस्कृत गर्ने सरकारको नीति
काठमाडौं— कर्णाली प्रदेश सरकारले विद्यालयमा शिक्षण क्रियाकलापलाई प्रभावकारी, गुणस्तरीय र नतिजामुखी बनाउन उत्कृष्ट योगदान गर्ने विद्यालय र शिक्षकलाई पुरस्कृत गर्ने नीति तथा कार्यक्रममार्फत घोषणा गरेको छ ।
आइतबार प्रदेश सभामा प्रदेश प्रमुख तिलक परियारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा यस्तो घोषणा गरिएको हो ।
त्यसैगरी सार्वजनिक विद्यालयमा पढ्दै–सिक्दै कमाउँदै अवधारणालाई कार्यान्वयन गर्दै व्यावसायिक तथा प्रयोगात्मक सिकाइको व्यवस्था गरिने नीतिमा भनिएको छ ।
छोरीबुहारी, दलित, अपाङ्ग तथा सीमान्तकृत र लोपोन्मुख समुदायका विद्यार्थीलाई सीपमूलक प्राविधिक शिक्षा अध्ययनका लागि विशेष छात्रवृत्ति प्रदान गर्ने प्रदेश सरकारले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २२, २०८० ०७:०५