News Griha :: न्यूजगृह
अझै केही दिन गर्मी बढ्ने

काठमाडौं— हाल देशभर तापक्रम बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका केही भू–भागमा तातो हावा र लू चलिरहेको छ ।

तापक्रम वृद्धि हुन थालेपछि जनजीवन प्रभावित बन्न थालेको छ । महाशाखाका अनुसार गर्मी मौसममा खास गरी वैशाखदेखि भदौसम्म तराईमा उष्ण र सुष्क हावा बहन थाल्छ जसलाई ‘लू’ भनिन्छ ।

यो समयमा तापक्रम बढेर ४० देखि ४२ सेन्टिग्रेडसम्म पुग्छ । पश्चिमी वायु कमजोर रहेकाले अझै केही दिन तापक्रम बढ्ने महाशाखाले जनाएको छ ।

अत्यधिक गर्मी र लूबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ २२, २०८०  ०६:४१
Weather Update